पाकिस्तानलाई कडा जवाफ दिने भारतीय विदेशमन्त्रीको चेतावनी

काठमाडौँ, २५ बैशाख । भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले भारतविरुद्ध सैन्य कारबाही गरे त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन् ।

भारत तनाव बढाउने पक्षमा नरहेको तर, भारतविरुद्ध सैन्य कारबाही भए धेरै कडा प्रतिक्रिया दिन तयार रहेको उनले स्पष्ट पारेका छन् ।

जम्मु–कश्मिरको पहलगाममा २६ पर्यटकको हत्या गर्ने गरी भएको आतंकी हमलाको बदलामा भारतले मंगलबार राति पाकिस्तानका विभिन्न ९ स्थानमा हवाई आक्रमण गरेको थियो ।

पाकिस्तानले सो आक्रमणको बदला लिने बताइरहेका बेला भारतीय विदेशमन्त्रीको यस्तो भनाइ आएको हो । विदेशमन्त्री जयशंकरले इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा यस्तो बताएका हुन् । इरानी विदेशमन्त्री भारत–इरानमैत्री सन्धिको ७५औं वार्षिकोत्सवका अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अहिले भारत छन् ।

विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत् अरघचीसँगको भेटबारे जानकारी दिँदै पाकिस्तानलाई चेतावनी दिएका हुन् । उनले पहलगाम आक्रमणपछि आतंकवादी लुक्ने ठाउँहरूमा कारबाही गर्न बाध्य भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्