पाकिस्तानलाई कडा जवाफ दिने भारतीय विदेशमन्त्रीको चेतावनी

काठमाडौँ, २५ बैशाख । भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले भारतविरुद्ध सैन्य कारबाही गरे त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन् ।

भारत तनाव बढाउने पक्षमा नरहेको तर, भारतविरुद्ध सैन्य कारबाही भए धेरै कडा प्रतिक्रिया दिन तयार रहेको उनले स्पष्ट पारेका छन् ।

जम्मु–कश्मिरको पहलगाममा २६ पर्यटकको हत्या गर्ने गरी भएको आतंकी हमलाको बदलामा भारतले मंगलबार राति पाकिस्तानका विभिन्न ९ स्थानमा हवाई आक्रमण गरेको थियो ।

पाकिस्तानले सो आक्रमणको बदला लिने बताइरहेका बेला भारतीय विदेशमन्त्रीको यस्तो भनाइ आएको हो । विदेशमन्त्री जयशंकरले इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा यस्तो बताएका हुन् । इरानी विदेशमन्त्री भारत–इरानमैत्री सन्धिको ७५औं वार्षिकोत्सवका अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अहिले भारत छन् ।

विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत् अरघचीसँगको भेटबारे जानकारी दिँदै पाकिस्तानलाई चेतावनी दिएका हुन् । उनले पहलगाम आक्रमणपछि आतंकवादी लुक्ने ठाउँहरूमा कारबाही गर्न बाध्य भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार हस्ताक्षर हुने कार्यक्रम तय भएको बताएका

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार