कृष्णकुमारी खतिवडाको ‘कार्यप्रगति विवरण’ लोकार्पण

राष्ट्रिय महिला महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाको दुई वर्षे कार्यप्रगति विवरण सार्वजनिक गरिएको छ ।

आयोगको सदस्यमा नियुक्त हुनुभएको चारवर्षे कार्यकालमा उहाँले पहिलो दुई वर्षे कार्यकालको कार्यप्रगति पहिले नै पुस्तकको माध्यमबाट सार्वजनिक गर्नुभएको थियो । सोही क्रममा शुक्रवार आयोगको हलमा एक कार्यक्रमका बिच २०७९ माघ २१ गतेदेखी २०८१ माघ २० सम्म आफ्नो नेतृत्वमा स्वदेश तथा विदेशमा भएका वा गरिएका कार्य, समस्या र समाधानका उपायहरु सहितको दोस्रो कार्यप्रगति विवरण सार्वजनिक गरिएको हो ।

नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यतामा भएको पुस्तक विमोचन कार्यक्रममा नेपाली कांग्रेस प्रतिनिधिसभाका सचेतक शुशीला थिङ, राष्ट्रियसभाका सदसय विष्णु कुमारी सापकोटा, विष्णुदेवी पुडासैनी, प्रदेशसभाका सदस्य मैयाँ लावती, मानव अधिकार आयोगका सदस्य लिली थापा, दलित आयोगका सदस्य मिना देवि सोप, समावेशी आयोगका सदस्य एवं प्रवक्ता पुष्प राज तिमिल्सिना, मुश्लिम आयोगका सदस्य एवं प्रवक्ता मिर्जा अरशद वेग, आदिवासी जनजाति आयोगका सदस्य रीना राना, दलित आयोगका टुन्चे कामी बराइली, डिआइजी अरुण पौडेल तथा राजनीतिक दलहरुबाट, सरकारी निकायका उच्च पदस्त कमचारी, सहसचिव, उपसचिवलगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

पुस्तकमा हिंसापीडित महिला तथा ज्येष्ठ नागरिकका सवालमा गरेका काम कारवाही र महिला आयोगका बिषय समेटिएको पुस्तक प्रतिवेदन लोकार्पण गरिएको छ । कार्यक्रममा बक्ताहरुले महिला हिंसा, लैंगिकता र समावेशीताको सवालमा चर्चा गरिएको थियो । महिलाका विद्यमान समस्या, चुनौती र महिला हिंसाका विषयमा तार्किक विचार व्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारमा विदेशी सहायता आवश्यक परेपछि सहयोग मागेको बताएका छन् ।

काठमाडौँ, १४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अकल्पनीय भएको बताएका छन् ।

काठमाडौँ, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा आएको प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्ने पार्टी तयार