१० वर्षे सशस्त्र युद्धको रुपमा आफ्नो ज्यानलाई बाजी थाप्दै वाइसिएलको ज्यादती र एमालेविरुद्धका अपराधिक गतिविधिको विरुद्धमा संघर्ष गरी एमाले र नेपाली जनताको नेताको आशा, विश्वास र भरोषाको पात्र बनेका थिए, महेश बस्नेत । अहिले पनि उनलाई लागेको शारीरिक चोट तथा खतहरु ढुंगामा लेखिएको शिलालेख जस्तै प्रमाणहरु छन् । उनलाई एमालेको रक्षार्थ तथा युवाको भाग्य र भविष्यको आधार तयार पारे बापत तत्कालिन समयका एमाले अध्यक्ष झलनाथ खनालले कारवाही गर्ने धम्की दिएका थिए । त्यस पछि २०७१ सालमा दुरदर्शिताका साथ आवाज विहिन युवाहरुको आवाज र देशको मेरुदण्डको रुपमा कार्यसम्पादन गरेकै कारण केपी ओलीले भने पुरस्कार दिए कि उनलाई उद्योगमन्त्रीमा नियुक्त गरिदिए । त्यस समयमा उनकै योजनामा युवा मन्त्रालय, युवा परिषद्, युवा स्वरोजगार कोषको स्थापना, युवा नीतिसँगै जिल्ला जिल्लामा पासपोर्टको वितरण लगायतका असंख्य दिर्घकालिन योजनाहरु सफल भएका छन् । सोही रणनीतिका आधारमा अहिले एमालेमा ४० वर्ष मुनिका युवाहरुले तीन वटै तहको पार्टी भूमिकामा अनिवार्य उपस्थिती जनाउने अवस्था बनेको छ ।
त्यस्तै महेश बस्नेतले नै करिव २ वर्ष अगाडी २०८० मंसिर ७ गते काठमाडौँको तीनकुनेमा राजावादी तथा केही अराजकताको विरुद्धमा एमालेको युवा पंतिलाई संगठीत गरी आन्दोलन गर्दा, साइबर सेना बनाउँदा, पार्टीमा सुधारका आवाज उठाउँदा उनीविरुद्ध पार्टीभित्रबाटै चौतर्फी घेराबन्दीमात्र भएको थिएन कि राजनीतिक भविष्य नै समाप्त पार्ने रणनीति अपनाएर गम्भीर प्रकारको खेल खेलेका थिए । आफै फण्डा निकालेर कारवाहीको निवेदन गोजिमा बोकेर पार्टी नेतृत्वको ढोका–ढोका पनि चाहरेकै थियौ । तर पार्टीभित्र र बाहिरका त्यस प्रकारका खेलहरु एक पछि अर्को गर्दै पानीको फोका झैं फुटेर गए । त्यस समयका सुनियोजित जुन खेल र आरोपहरु थिए ति अझै बजारमा छिटफुट रुपमा रहेका छन् । बाँकी रहेको अलि-अलि त्यो भ्रमको जालो पनि चुँडिदै गयो ।
चाहे त्यो राजनीतिक रुपमा होस्, चाहे पत्रकारीताको खोल ओढेर होस् । कति नेतालाई अप्रमाणीत आरोप लगाएर राजनीतिक रोटी सेक्नु छ भने कति पय पत्रकारलाई भ्युवर्स बटुलेर डलर खानुछ, पेट पाल्नुछ । समग्रमा यो वा त्यो वहानामा महेश बस्नेतको नाममा चर्चा र कमाउने भाँडो बनाएका छन् । त्यस समयमा पार्टीभित्रबाट मात्र घेरावन्दी गरिएको थियो तर अहिले सम्पूर्ण पार्टीले घेरावन्दी गरिरहेका छन् । कारण हो, सत्य कुरा उजागर गदिन्छन्, दुक्कि-तिर्की गर्नेलाई सवैभन्दा समस्या उत्पन्न गराई दिएका छन् । करोडौं, अरवौंका डिल गरेका कुराहरु प्रमाणसहित सार्वजनिक गर्ने हिम्मत राख्छन् । तसर्थः केही व्यक्तिहरु महेश बस्नेतलाई नसिध्याए भ्रष्टाचार तथा अराजकताको हात चाट्न नपाइने भयो भन्दै आरोप लगाउने र भ्रम फैलाउन तल्लिन रहेका छन् ।
यो सँगै अहिले उनको २ वर्ष अघिको योजना, दृष्टिकोण तथा कल्पनामा अहिले सिंगो एमाले पार्टीले बोकेर हिडिरहेको छ । महेश बस्नेतको सोही योजना अनुरुप अहिले ७७ वटै जिल्लाहरुमा राजावादी तथा अन्य विभिन्न प्रकारका सामाजिक अराजकताको अन्त्यको लागि लागि परिरहेको छ । त्यति मात्र हैन, त्यसको लागि सम्पूर्ण राज्य संयन्त्र नै लाग्नु परिरहेको छ । राज्यले नै ठूलो शक्ति तथा बल प्रयोग गरिरहनु परेको छ । यसमा ठूलो आर्थिक, सामाजिक तथा भौतिक कार्यहरु गरिरहनु परेको छ । अझ भनौं, एमालेको सम्पूर्ण शक्ति लाग्नु परेको तितो यथार्थ छ । औषधी तितो हुन्छ तर विरामीलाई निको बनाउँछ भन्ने हिजो सोचिएन, सोचियो त केवल औषधी तितो छ भनेर र सोही अनुसार रिपोर्टीङ नेतृत्वलाई गरियो । तर हिजोको त्यो तितो औषधी आज एमालेको लागि उपचारको लामो यात्रा बनेर गयो ।
शुरुवाती चरणमा महेश बस्नेतले एमालेलाई बदनाम गरायो भन्नेहरु अहिले सोही आन्दोलनको नेतृत्व लिन तछाड-मछाड गरिरहेका छन् । उक्त दुरदर्षिताको क्रेडिट लिन र केपी ओलीलाई देखाउन तल्लिन छन् र उनीहरु भन्दै छन् वाहा ! हामी कति दुरदर्शी छौं, हाम्रो सोचाई कति लामो छ, कल्पना ठ्याक्कै बैज्ञानिकले भविष्यवाणी गरे जतिकै छन् । तर साँच्चै महेश बस्नेतलाई चिन्ने कार्यकर्ताले चाँही भन्नै पर्छ, वाहा ! क्रेडिट लिन त सिपालु रहेछौं तर तिमी त पिँध विनाको लोटा नै रहेछौं, धमिरा लागिसकेको बुढो रुख नै रहछौं, ठाउँमा बसेर कसैको टाउकोमा बन्चरोले हानेर दाउरा खोज्दै आगो ताप्न पल्केकै रहेछौं । तर तिमीहरुले हेक्का राख्नुपर्छ, २४ घण्टामा रातमात्र हुँदै, दिन पनि हुन्छ । थुन्छेले जति छोपे पनि कुनै दिन डोकोले छोप्ने दिन आएपछि सवै छताछुल्ल हुन्छ । साधु बनेका चोरको भेष खुल्छ । तसर्थः सफल हुनलाई विचार, दृष्टिकोण र भिजन हुनुपर्छ । खुट्टा तानेर हैन, हात समाएर अगाडी बढ्न सिक्नु पर्छ । नेतृत्वले पनि लहै-लहैको हैन, वास्तविकताको नजर डुलाउनुपर्छ । हिजो, आज र भोलिको कल्पना गर्न सक्नुपर्छ । अस्तु…
काठमाडौँ ।