एउटै वडामा २५ जना क्षयरोग संक्रमित

जलेश्वर, २९ चैत । महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका संक्रिमत भेटिएका छन् ।

वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोग देखा परेको जनस्वास्थ्य कार्यालयका  स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिइन् । धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोका अनुसार यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको संक्रमण देखिएको हो ।

संक्रमितमध्ये १२ जनाले हाल स्वास्थ्यचौकीको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका स्वास्थ्यचौकी इन्चार्ज महतोले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ वैशाख । काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसुरमा कांग्रेसकी सांसद माया राईलाई अनुसन्धानका लागि पक्राउ

काठमाडौँ, १४ वैशाख । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भनेर संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले

काठमाडौँ, १४ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १४ वैशाख । नेपाल राष्ट्र बैङ्कले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange