‘मेरा अतीतका कथाहरु’ लोकार्पण

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरु’ को आज आयोजित कार्यक्रमबीच लोकार्पण गर्नुभएको छ ।

मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति खुलस्तरुपमा निष्ठापूर्णरुपमा लागेका व्यक्ति भएकाले उहाँका कृतिले नयाँ पुस्तालाई जागरणका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

साहित्यकार उप्रेती आफ्ना पुख्यौली थलोका छिमेकी र राजनीतिक जीवनका जेल सहयात्रीसमेत भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमा परिवर्तन हुनुपर्छ र जनतालाई राम्रो हुनुपर्छ भनेर आफू कलेज छाडेर राजनीतिमा हिँडेको सुनाउनुभयो ।

उक्त पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, पूर्व सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय, नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मालगायतले समीक्षा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटनको विषयलाई लिएर विवाद हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली

काठमाडौँ, १४ कार्तिक । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् ।

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार