स्वाइन फिभरले १८ बंगुर मरेपछि ओसारपसारमा रोक

तनहुँ, ८ फागुन । अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बंगुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ ।

यहाँ १८ वटा बंगुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा रोक लगाइएको हो । जिल्लामा एक महिनाअघि यस रोगको सङ्क्रमण देखिएको थियोे ।

त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यासमा एक र ऋषिङमा एक बंगुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख राजेश चौधरीले जानकारी दिए । बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बंगुर तथा सुँगुर ओसार–पसारमा प्रतिबन्ध लगाइएको उनले बताए ।

उनले भने, ‘केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले हाल जिल्लाका बंगुर फार्ममा पुगेर अनुसन्धान गरिरहेका छन् । बंगुर मरेका फार्ममध्ये ऋषिङबाट पाँच, व्यासबाट पाँच र बंगुर नमरेका फार्मबाट दुईवटा गरी १२ वटा बंगुरको नमूना परीक्षणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा पठाइएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार, श्रव्यसामग्री

काठमाडौँ, २७ असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दाङ, २६ असाेज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक मूल्य–मान्यताको संरक्षण गर्न  मातृशक्तिकाे भूमिका महत्वपूर्ण हुने

काठमाडौँ, २६ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रहरी निरीक्षक आधारभूत तालिम (१८४औँ समूह) पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका