मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु, ३ जना घाइते

काठमाडौँ, २४ माघ । कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक किशोरको मृत्यु भएको छ ।

कैलाली प्रहरीका अनुसार बुधबार राति पूर्वपश्चिम राजमार्गअन्तरगत बर्दगोरिया गाउँपालिका–२ को सम्झना चोकमा सुपप्र०१००९ प ९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट साइकल पछाडि सवार लम्कीचुहा नगरपालिका-१० बस्ने १६ वर्षीय दिनेश तिमिल्सिनाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालकसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक २५ वर्षीय नवीन चौधरी, पछाडी सवार बर्दियाको आशापुर-८ बस्ने २२ वर्षीय मंगल राजपुत र साइकल चालक लम्कीचुहा नगरपालिका-१० बस्ने १५ वर्षीय लोकेश भण्डारी रहेका छन् ।

उनीहरुमध्ये गम्भीर अवस्थाका मोटरसाइकल चालकको कोहलपुर र अन्य दुई जनाको कैलालीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।