‘मायावी’ लक्ष्मीपूजामा रिलिज हुने

काठमाडौँ, ११ भदौ । पल शाह र दीपिका प्रसाईं स्टारर फिल्म ‘मायावी’ तिहारको लक्ष्मीपूजामा रिलिज हुने भएको छ ।

निर्माता राज कटुवालका अनुसार यो फिल्म कात्तिक १५ गते आउने निश्चित भएको छ । निर्माताले औपचारिक रुपमा प्रदर्शन मिति घोषणाको तयारी गरिरहेका छन् । लक्ष्मीपूजामा प्रदीप खड्का स्टारर अर्को फिल्म ‘एक्टर’ पनि आउँदैछ । योसँगै लक्ष्मीपूजाको बक्स अफिस पल शाह भर्सेस प्रदीप खड्का हुने पक्का भएको छ ।

‘मायावी’लाई एफडी कम्पनी र करण श्रेष्ठले वितरण गर्न लागेका हुन् । दिवाकर भट्टराई निर्देशित यो फिल्मलाई कटुवाल सहित चन्द्र पन्त र ध्रुव न्यौपानेले निर्माण गरेका हुन् । ‘मायावी’मा पल र दीपिकासहित सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ र प्रशान्त ताम्राकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा