‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीले भने– प्रकाशलाई भेट्न चाहन्छु

काठमाडौँ, ११ भदौ । हेर्ने कथा ‘हराएका वर्षहरू’ यतिवेला चर्चामा छ । युट्युवको ट्रेन्डिङ एकमा रहेको यो भिडियो हेरेर अधिकांशले मुख्य पात्र प्रकाश तमाङप्रति चिन्ता प्रकट गरिरहेका छन् । 

यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस भिडियोमा प्रतिक्रिया जनाएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले प्रकाश तामाङलाई भेट्ने चाहना प्रकट गरेका छन् । 

उनले लेखेका छन्– ‘हामी दुःखको आँसुसँग मात्र परिचित छौँ। चाहे सुखका हुन् वा दुःखका, भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ । हेर्ने कथाको पछिल्लो एपिसोड ‘हराएका वर्षहरू’ हेरेँ । प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो।’ 

ओली थप लेख्छन्–’सोचें-यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान् ! एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु। विद्या चापागाईं प्रभावशाली ‘स्टोरी टेलर’ हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु। विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु। यो मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद !!’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । बीपी राजमार्ग फेरी अवरुद्ध भएको छ । हिजो काभ्रेका विभिन्न ठाउँमा ठूलो पानी परेकाले गएरातिदेखि बीपी राजमार्ग

काठमाडौँ, १६ बैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो

भक्तपुर, १५ बैशाख । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको अस्पतालको १८ औं स्थापना दिवस आज एक कार्यक्रमका बिच सम्पन्न भएको

काठमाडौँ, १५ बैशाख । जीवाश्म इन्धन (पेट्रोल/डिजेल)को अनियन्त्रीत खनन् र खपतले जलवायु परिवर्तनका घटनामा तीब्र वृद्धि गराउने भएकोले जीवाश्म इन्धनको