पोखरा उडेको बुद्धको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ, १८ साउन । काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौँ फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

कम्पनीका अनुसार उडान नम्बर ६५५ कलसाइन नाइन एन–एएमडी जहाजमा प्राविधिक समस्या देखिएको हो । कम्पनीका एक उच्च अधिकारीका अनुसार जहाज काठमाडौँबाट पार हुने क्रममा इन्डिकेटरमा समस्याको संकेत प्राप्त भएको थियो । त्यसपछि थप जोखिम नलिई जहाज काठमाडौँमै फर्काउने निर्णय लिइएको हो ।

अहिले प्राविधिकहरूले जहाजको जाँच गर्दै गरेको र यात्रुलाई अर्को जहाजबाट पोखरा पठाइएको उनले जानकारी दिए । कम्पनीका अनुसार शुक्रबार तीव्र वायु चलेका कारण जनकपुरका उडानहरू रद्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । २०८३ साल असोज ६ गते मंगलबारको राशिफल ।   मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई