सङ्कट सामना गर्न साझा नीति, कार्यक्रम र प्रतिवद्धता चाहिन्छ : अध्यक्ष यादव

काठमाडौँ, १७ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पर्यावरण, युद्ध र प्राकृतिक सङ्कट आदिको सामना गर्न साझा नीति, कार्यक्रम र प्रतिवद्धता चाहिने कुरा बताएका छन् ।

फिलिपिन्सको मनिलामा प्रोग्रेसिभ एलाइन्स, अक्बायन सिटिजन्स एक्सन पार्टी र सोकडेम एसियाद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । समाजवादी लोकतन्त्रवादी र प्रगतिशिलहरुले सहयोग, भ्रातृत्वको अभिवृद्धि गर्दै विविध खाले सङ्कट र विद्यमान असमानताको हल गर्न तत्काल कदल चाल्नु पर्नेमा अध्यक्ष यादवले जोड दिए ।

अध्यक्ष यादवले सामाजिक न्याय, मानव अधिकारको संरक्षणको हकमा विभेदमा पारिएका जनता नै सङ्कटको भूमरीमा पर्ने कुरा बताए । कार्यक्रममा विभिन्न २१ मुलुकका समाजवादी लोकतन्त्रवादी राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, सिनेटर, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखलगायतको सहभागिता रहेको छ । अध्यक्ष यादव बिहिबार स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तार गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले १६

काठमाडौँ, ७ बैशाख । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस.पावल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता भएको

काठमाडौँ, ७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि नवनियुक्त चार देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री