सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, ६ साउन । पोखरामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका कास्कीका अनुसार आज बिहान ग ३ च ३४५७ नं. को हाइलक्स गाडी र ग ११ प ९१ नं को मोटरसाइकल एकअर्कामा ठोक्किँदा मोटरसाइकलमा सवार पोखरा महानगरपालिका-६ का २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको हो ।

उचारका लागि गण्डकी मेडिकल कलेजमा पठाए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हाइलक्स चालक बर्दिया ठाकुरबाबा नगरपालिका-८ स्थायी घर भई हाल पोखरा बस्ने ३० वर्षीय सुशिल दहितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय

काठमाडौँ, १६ बैशाख । वृद्धा महिलाले गलामा लगाएका सिक्री, कानमा लगाएका गरगहना थुत्दै मोटरसाइकलमा फरार हुने समूहका थप दुई जना पक्राउ

काठमाडौँ, १६ बैशाख । रुपन्देहीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १६ बैशाख । खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण