आजको राशिफल

काठमाडौँ, ४ साउन । आज २०८१ साल साउन ४ गते शुक्रबारको राशिफल । 

मेष : सहयोगीले झुक्याउने जोखिम छ। कुनै कामको सुरुवात गर्नु अगाडि सोच विचार गर्नुपर्ने दिन छ। व्यवसायमा मन अशान्त हुनेछ। परिवारको तर्फबाट शान्ति मिल्नेछ।

वृष : लगानीबाट फाइदा हुनेछ। साथीभाइ सकारात्मक छन्। सञ्चित धन खर्च गरेर आफ्नो भविष्य निर्माण गर्ने दिन हो। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

मिथुन : सोचेको काम बन्नेछ। इज्जतको प्रशंसा हुने योग छ। लगानीबाट वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कट : प्रतिस्पर्धामा अब्बल ठहर हुने दिन छ। गुरुबाट सहयोग मिल्नेछ। तपाईंको साथ महत्त्वपूर्ण हुन्छ। सामाजिक क्षेत्रमा भने झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ।

सिंह : कर्मको फल प्राप्त गर्ने योग रहेको छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। यात्रामा भने सचेत हुनुपर्ने देखिन्छ। सामाजिक क्षेत्रमा सेवाको मौका मिल्नेछ।

कन्या : रमाइलो यात्राको योग छ। यो यात्राले दीर्घकालीन योजना बनाउने छ। बोलीको प्रभावले धेरै काम बन्नेछन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

तुला : मनमा शान्ति मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान मिल्नसक्छ। परिवारको साथ मिल्नेछ। व्यवसायमा उन्नति हुनेछ।

वृश्चिक : तर्क गरेर जित्नुपर्ने दिन छ। प्रतिस्पर्धी कमजोर हुनेछन्। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। जटिल भनिएको काम सहजै बन्नेछ।

धनु : आर्थिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमै सम्भावना देखिन्छ। परिवारमा भने विवाद हुने जोखिम छ। पढाइमा ध्यान दिनु राम्रो हुन्छ।

मकर : लामो समयदेखि रोकिएको काम बन्नेछ। खानपानमा ख्याल गर्नुपर्ने दिन छ। सामाजिक क्षेत्रमा आफ्नो विरोध आफैंले सुन्नु पर्नेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ।

कुम्भ : दिन राम्रो छ। बढुवा हुनेछ। शब्दको जालमा फस्ने जोखिम हुनसक्छ। आफन्तले असहयोग गर्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मीन : दिन रमाइलोमा छ। गुरुबाट असहयोग हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चारपटक हवाई उडान सञ्चालन गरिने भएको छ । नेपाल वायुसेवा निगमले

काठमाडौँ, ५ बैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार

काठमाडौँ, ५ बैशाख । ‘गाँजाको तेल’सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६

काठमाडौँ, ५ बैशाख । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना