दुई स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

काठमाडौँ, २५ असार । भक्तपुरमा दुई स्कुटर आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान सूर्यविनायक नगरपालिका–७ गुण्डू तीनधारेमा बागमती प्रदेश–०२–०२२ प १७४८ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१७ प ५०१२ नम्बरको स्कुटर आपासमा ठोक्किएका थिए ।

स्कुटर ठोक्किंदा बागमती प्रदेश–०२–०२२ प १७४८ का चालक सूर्यविनायक नगरपालिका–५ कटुन्जे थापागाउँ बस्ने २२ वर्षीय राजाराम थापा मगर गम्भीर घाइते भएका थिए । उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी अर्का स्कुटरका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा