एभरेष्ट हस्पिटलमा शनिबार निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, २१ असार । नयाँ बानेश्वरमा रहेको एभरेष्ट हस्पिटल प्रालिले आगामी शनिबारदेखि थप पाँच विभागसहित सेवा विस्तार गर्ने भएको छ । अस्पतालले सोही दिन निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत गर्ने जनाएको छ ।

अस्पतालका निर्देशक तथा प्रशासन प्रमुख दीपकचन्द्र बरालले असार २२ गते शनिबारको दिनदेखि ब्लड बैंक सेवा, मिर्गौलाका बिरामीका लागि हेमोडायलासिस सेवा, दन्त विभाग, नेत्र विभाग र आईसीयू विभाग पनि सञ्चालनमा ल्याउने जानकारी दिए । समय सापेक्ष सेवाहरु थप गरेको र सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

निःशुल्क स्वास्थ्य शिविरका संयोजक सुरज भुसालले शनिवारको दिन निःशुल्क रुपमा सुगर, युरिया, क्रियाटिनिन, मिर्गौला, दाँत र आँखा परीक्षण हुने जानकारी दिए । सोही दिन ५०० युनिट रगत संकलन गर्ने योजना पनि रहेको उनले बताए । शिविरमा २०० जनालाई निःशुल्क चस्मा र १५० जनालाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिने छ । १५० जनाको १०० रुपैयाँमा अल्ट्रासाउण्ड गर्ने कार्यक्रम समेत । शिविर शनिबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने छ ।

यस्तै सोही दिनदेखि सञ्चालनमा आउन लागेको हेमोडायलासिस सेवा अन्तर्गत पहिले नाम दर्ता गराउने १० जनालाई त्यस दिन निःशुल्क सेवा दिइने एभरेष्ट हस्पिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तार गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले १६

काठमाडौँ, ७ बैशाख । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस.पावल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता भएको

काठमाडौँ, ७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि नवनियुक्त चार देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री