एभरेष्ट हस्पिटलमा शनिबार निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, २१ असार । नयाँ बानेश्वरमा रहेको एभरेष्ट हस्पिटल प्रालिले आगामी शनिबारदेखि थप पाँच विभागसहित सेवा विस्तार गर्ने भएको छ । अस्पतालले सोही दिन निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत गर्ने जनाएको छ ।

अस्पतालका निर्देशक तथा प्रशासन प्रमुख दीपकचन्द्र बरालले असार २२ गते शनिबारको दिनदेखि ब्लड बैंक सेवा, मिर्गौलाका बिरामीका लागि हेमोडायलासिस सेवा, दन्त विभाग, नेत्र विभाग र आईसीयू विभाग पनि सञ्चालनमा ल्याउने जानकारी दिए । समय सापेक्ष सेवाहरु थप गरेको र सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

निःशुल्क स्वास्थ्य शिविरका संयोजक सुरज भुसालले शनिवारको दिन निःशुल्क रुपमा सुगर, युरिया, क्रियाटिनिन, मिर्गौला, दाँत र आँखा परीक्षण हुने जानकारी दिए । सोही दिन ५०० युनिट रगत संकलन गर्ने योजना पनि रहेको उनले बताए । शिविरमा २०० जनालाई निःशुल्क चस्मा र १५० जनालाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिने छ । १५० जनाको १०० रुपैयाँमा अल्ट्रासाउण्ड गर्ने कार्यक्रम समेत । शिविर शनिबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने छ ।

यस्तै सोही दिनदेखि सञ्चालनमा आउन लागेको हेमोडायलासिस सेवा अन्तर्गत पहिले नाम दर्ता गराउने १० जनालाई त्यस दिन निःशुल्क सेवा दिइने एभरेष्ट हस्पिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत लेवनानमा खटिएका नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ ।   फागुन ३ गते

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

भक्तपुर, ३ फागुन । नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतले पछिल्लो समय नयाँ शक्ति र स्वतन्त्रको नाममा आएका