बाँकेमा गोली चल्यो

काठमाडौँ, २० असार । बाँके जिल्ल्लामा गोली चलेको छ ।

डुडुवा गाउँपालिका–६, सिखनपुरवामा फरार प्रतिवादी पक्राउ गर्न खोज्दा आज स्थानीय र प्रहरीबीच झडप भएको हो ।

स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाका निम्ति एक राउन्ड हवाईफायर र दुई राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । “झडप भएपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरेको थियो,” उनले भने ।

प्रहरी उपरीक्षक कार्कीका अनुसार, झडपमा एक महिला र वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी घाइते भएका छन् । प्रहरी हवल्दार डाँगीलाई स्थानीयले प्रहार गरेको इँटाले टाउकोमा चोट लागेको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा घाइते दुवैको उपचार भइरहेको उनले जानकारी दिए ।

“डुडुवा गाउँपालिका–६ का ६५ वर्षीय सोन्नामसिंह सर्दार ६ वर्षदेखि डाँका मुद्दामा फरार प्रतिवादी हुन् । उनी भागेपछि खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिएका हौँ,” प्रहरी उपरीक्षक कार्कीले भने, “निजलाई सुरुमा प्रहरीले पक्राउ गरेको थियो । स्थानीयले निजलाई भाग्न सहयोग गरेपछि पुनः पक्राउ गर्न खुट्टामा गोली प्रहार गरिएको हो ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।