बाँकेमा गोली चल्यो

काठमाडौँ, २० असार । बाँके जिल्ल्लामा गोली चलेको छ ।

डुडुवा गाउँपालिका–६, सिखनपुरवामा फरार प्रतिवादी पक्राउ गर्न खोज्दा आज स्थानीय र प्रहरीबीच झडप भएको हो ।

स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाका निम्ति एक राउन्ड हवाईफायर र दुई राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । “झडप भएपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरेको थियो,” उनले भने ।

प्रहरी उपरीक्षक कार्कीका अनुसार, झडपमा एक महिला र वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी घाइते भएका छन् । प्रहरी हवल्दार डाँगीलाई स्थानीयले प्रहार गरेको इँटाले टाउकोमा चोट लागेको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा घाइते दुवैको उपचार भइरहेको उनले जानकारी दिए ।

“डुडुवा गाउँपालिका–६ का ६५ वर्षीय सोन्नामसिंह सर्दार ६ वर्षदेखि डाँका मुद्दामा फरार प्रतिवादी हुन् । उनी भागेपछि खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिएका हौँ,” प्रहरी उपरीक्षक कार्कीले भने, “निजलाई सुरुमा प्रहरीले पक्राउ गरेको थियो । स्थानीयले निजलाई भाग्न सहयोग गरेपछि पुनः पक्राउ गर्न खुट्टामा गोली प्रहार गरिएको हो ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको

काठमाडौँ, १६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई  सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एकरूपता अपनाउन निर्देशन दिएको

काठमाडौँ, १६ बैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी उग्र वामपन्थले समाज रुपान्तरण नगरेको बताएका छन् । आज काठमाडौँमा २७

काठमाडौँ, १६ बैशाख । नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । अधिक तरलता कायमै रहेपछि