बस र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ, २९ जेठ । पूर्व पश्चिम  राजमार्ग अन्तर्गत  कपिलवस्तुको  बुद्धभूमि नगरपालिका ४ झडुलामाईमा बस र पिक अप भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप भ्यान आपसमा ठोक्किँदा पिकअपका चालक कपिलवस्तुको शिवराज नगरपालिका घर भएका हिरालाल बढईको घटना स्थलमै मृत्यु भएको र अन्य ८ जना घाइते भएको हो । 

घाइते मध्ये बसका सहचालक ४६ वर्षका प्रकाशकुमार थापालाई बुटवलबाट थप उपचारको लागि काठमाडौँ रिफर गरिएको छ ।  कालिकोटका असीम शाहीको  बुटवलको चौराहा अस्पताल उपचार भइरहेको र अन्य ६ जना पनि  डिस्चार्ज भएको परह्रिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन्

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ

काठमाडौँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । पुरुषतर्फ उपसभापति पदका

भक्तपुर, १२ असार । दुई दशकदेखि भक्तपुरको सल्लाघारीमा सञ्चालन हुँदै आएको यातायात व्यवस्था कार्यालयलाई काठमाडौंको कोटेश्वर सार्ने तयारी भएपछि स्थानीय