काठमाडौँ, २७ जेठ । काठमाडौँको कोटेश्वरस्थित राधाकृष्ण मन्दिरमा चोरी भएको छ ।
प्रहरी वृत नयाँ बानेश्वरका अनुसार काठमाडौँ– ३२ भत्केको पुलस्थित राधाकृष्ण मन्दिरको झ्याल फोडेर काठको दानपेटीका फुटाई आरोपीले ४ हजार नगद, कलश ४ थान र तामाको थाल ४ थान चोरी गरेका हुन् ।
चोरीमा संलग्न हाल फरार छन् । गएराति मन्दिर चोरी भएको घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।