मधेसमा सरकार गठन: नवनियुक्त मुख्यमन्त्रीलाई आजै शपथ

जनकपुर, २५ जेठ । मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ ।

बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको थियो । 

एमाले–माओवादी गठबन्धनले आज बिहान जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखसमक्ष नामावली बुझाउने भएका छन् । नवनियुक्त मुख्यमन्त्रीलाई आजै बिहान ११ बजे शपथ ग्रहण गराउने प्रदेश प्रमुखको तयारी छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत

काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर