आजको मौसम

काठमाडौँ, १३ जेठ । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।

विभागका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ  । 

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी  भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस र  सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन् ।

काठमाडौँ, २२ कार्तिक । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार कार्तिक

काठमाडौँ, २१ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २.०” कार्यक्रमको आयोजना गर्ने भएको छ ।