४ लाख घुस लिएको अवस्थामा एकजना पक्राउ

काठमाडौँ, १० जेठ । काठमाडौँको चन्द्रागिरिबाट ४ लाख घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–२ बस्ने ध्रुव बहादुर कडायत छन् । चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ का अध्यक्ष भाइ कृष्ण तामाङको निर्देशनमा कडायतले घुस रकम लिएको अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीले सेवाग्राहिबाट लिइसकेको अवस्थामा २ लाख नगद र २ लाख रुपैयाँ बराबरको चेक बरामद गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनाका लागि वडा अध्यक्षको निर्देशनमा बिचौलिया बनेर कडायले घुस लिएका हुन् ।

चेक कडायतकै नाममा काटेको भेटिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ स्थित नगरपालिकाको कार्यालयको गेटबाट अख्तियारको टोलीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

काठमाडौँ, ६ कार्तिक । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । बिहीबार सुनसरी,

हेटौँडा, ६ कार्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-८ भावना मार्गमा श्रीमान् मृत फेला परेका छन् भने श्रीमती घाइते अवस्थामा भेटिएकी छन्

दाङ, ६ कार्तिक । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ