राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता

काठमाडौँ, ८ जेठ । प्रतिपक्षी दलको विरोधबीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको छ । 

राजनीतिक दलसम्बन्धी दोस्रो, संशोधन, २०८० फिर्ता लिने प्रस्ताव पेस गर्न गृहमन्त्री रवि लामिछाने मार्सल लगाएर रोष्ट्रम पुगे । उनले जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी गराए । प्रस्ताव पेस भएपछि सभामुख देवराज घिमिरेले विरोधका लागि समय दिएका थिए ।

वेलमा नाराबाजी गरिरहेका कांग्रेस सांसद रामहरि खतिवडाले आफ्नो विरोध रहेको बताए । सभामुख घिमिरेले विरोधको सूचना प्राप्त नभएको भन्दै विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको बताए । राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४०÷४० प्रतिशत हुनुपर्ने व्यवस्था ब्युँताउन उक्त विधेयक पेस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा