राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता

काठमाडौँ, ८ जेठ । प्रतिपक्षी दलको विरोधबीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको छ । 

राजनीतिक दलसम्बन्धी दोस्रो, संशोधन, २०८० फिर्ता लिने प्रस्ताव पेस गर्न गृहमन्त्री रवि लामिछाने मार्सल लगाएर रोष्ट्रम पुगे । उनले जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी गराए । प्रस्ताव पेस भएपछि सभामुख देवराज घिमिरेले विरोधका लागि समय दिएका थिए ।

वेलमा नाराबाजी गरिरहेका कांग्रेस सांसद रामहरि खतिवडाले आफ्नो विरोध रहेको बताए । सभामुख घिमिरेले विरोधको सूचना प्राप्त नभएको भन्दै विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको बताए । राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४०÷४० प्रतिशत हुनुपर्ने व्यवस्था ब्युँताउन उक्त विधेयक पेस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ