उपनिर्वाचन जित्नु मिसन ०८४ सफलताको सुरुआत : अध्यक्ष ओली 

काठमाडौँ, २४ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनको परिणामले मिसन ०८४ को सफलताको सुरुआत भएको बताएका छन् ।

आज वरिष्ठ राजनीतिज्ञ सिसिद्धनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उनले मिसन ०८४ लाई सफल पारेर छाड्ने बताए । उनले भने, “दुई वटा उपनिवार्चन एमालेले जित्यो । मिसन ०८४ तर्फको सफलताको सुरुआत हो,” “मिसन ०८४ सफल पारेर छाड्छौँ ।”

उनले पार्टीले सही बाटो समातेको दाबी गरे । पार्टी नेतृत्वले गल्ती गरे सच्याएर अघि बढ्ने समेत बताए । उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न भूमिका खेल्न आग्रह गरे । वामपन्थीहरूलाई पार्टीमा आउन आह्वान समेत गरे । “सबै आफूलाई वामपन्थी भन्ने, कम्युनिस्ट भन्ने सबै शक्ति र व्यक्तिलाई पनि एमालेको सही धार छ,” ओलीले भने, “यस धारमा समाहित हुन आग्रह गर्छु । सबै आउनुस् । एकजुट हुनुस् ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन दिन लागेको विषय भ्रामक भएको

काठमाडौँ, ६ बैशाख । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग सीमापार तस्करी नियन्त्रणका विषयमा छलफल गरेका छन् ।

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ५ बैशाख । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन् । आज केसीले सामाजिक