सभापति लामिछानेद्वारा सहर्ष पराजय स्वीकार गर्न आग्रह

काठमाडौँ, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । 

उनले चुनाव जित्न नसकिए पनि सिक्न सकिएको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘कुनै ईफ, बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढङ्गले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ।’

लामिछानेले इलाम २ को उपनिर्वाचनमा एमाले उम्मेदवार  सुहाङ नेम्वाङ विजयी भएकोमा हार्दिक बधाई ज्ञापन पनि गरेका छन् । ‘हामीलाई मत दिनु हुने र मत सँगै ठुलो सन्देश दिनु हुने सबै प्रति आभारी छु’, लामिछानेको भनाइ छ । यस्तै रास्वपा उम्मेदवार मिलन लिम्बु लगायत निर्वाचनमा अहोरात्र खट्ने सिङ्गो पार्टी पङ्क्तिलाई  पनि लामिछानेले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै