११ लाख बढी रुपैयाँसहित एक जना पक्राउ

रौतहट, १ बैशाख । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार गौर १ शिवालय मन्दिर अगाडि चेकजाँचको क्रममा शुक्रवार साँझ सोही वडाका ५६ वर्षीय वीरेन्द्र कुमार जैसवाललाई स्रोत नखुलेको ११ लाख १५ हजार ७०० रुपैयाँ सहित नियन्त्रणमा लिएको हो । 

साइकल चढेर आएका जैसवालले बोकेको झोला भित्र उक्त रकम बरामद भएको तथा आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत

काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर