फाइल फोटो
काठमाडौँ, ३० चैत । राजधानीको कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ ।
आज साँझ आगलागी सुरु भएसँगै नियन्त्रणका लागि दमकल बोलाइएको छ । जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको बताइएको छ । अहिले घटनास्थलमा प्रहरी वृत्त कालीमाटीको टोली पुगेको र नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।