मुख्यमन्त्री महराले आज विश्वासको मत लिने

बुटवल, ३० चैत । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् ।

उनी यही चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशसभामा ११ सदस्य रहेको माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका उनलाई एमाले, जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ । 

महरालाई एमालेका २९, नागरिक उन्मुक्तिका ४, जनता समाजवादी पार्टी (जसपा) ३, एकीकृत समाजवादी १ र स्वतन्त्र सांसद १ जनाले समर्थन गरेका थिए । मुख्यमन्त्रीमा समर्थन गर्ने बेलामै ७ बुँदे सहमति गर्दै मन्त्रालयको भागबण्डा गरिएको थियो । एमालेले ५, माओवादीले २, जसपाले २ मन्त्रालय पाउने र एकीकृत समाजवादी तथा स्वतन्त्रलाई पनि सरकारमा सहभागी गराउने सहमति छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)