मुख्यमन्त्री महराले आज विश्वासको मत लिने

बुटवल, ३० चैत । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् ।

उनी यही चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशसभामा ११ सदस्य रहेको माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका उनलाई एमाले, जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ । 

महरालाई एमालेका २९, नागरिक उन्मुक्तिका ४, जनता समाजवादी पार्टी (जसपा) ३, एकीकृत समाजवादी १ र स्वतन्त्र सांसद १ जनाले समर्थन गरेका थिए । मुख्यमन्त्रीमा समर्थन गर्ने बेलामै ७ बुँदे सहमति गर्दै मन्त्रालयको भागबण्डा गरिएको थियो । एमालेले ५, माओवादीले २, जसपाले २ मन्त्रालय पाउने र एकीकृत समाजवादी तथा स्वतन्त्रलाई पनि सरकारमा सहभागी गराउने सहमति छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत

काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर