एमाले नवलपुर अध्यक्षमा श्रेष्ठ निर्वाचित

त्रिवेणी, ३० चैत । नेपाल कम्युनिष्ट पार्टी एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन् ।

सोमबारदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशन बिहीबार राति सर्वसम्मत रूपमा जिल्ला कमिटी चयन गर्दै टुङ्गिएको हो । एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १०३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीमलाल कँडेल, उपसचिवमा षडानन्द लामिछाने, महिला उपसचिवमा कल्पना देवकोटा छन् । कमिटीमा दुई सदस्य पछि मनोनयन गरिने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत रमेश काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले बालविवाह अन्त्यका लागि त्यसका मूल कारण पहिचान गरी काम

काठमाडौँ, १७ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय

काठमाडौँ, १६ बैशाख । सुकुमबासीको विवरण मागेर स्थानीय निकायलाई पत्राचार गरेको बारेमा सेनाले आफ्नो प्रष्टीकरण सार्वजनिक गरेको छ । मनसुनको

काठमाडौँ, १६ बैशाख । कांग्रेस सभापति गगनकुमार थापाले आफ्नै बहुमत सरकारको संसद्‍प्रति नै विश्वास नभएको बताएका छन् । आज उनले