पुँजीगत खर्च ३० प्रतिशत नाघ्यो : अर्थमन्त्री पुन

काठमाडौँ, २८ चैत । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र चलायमान बनाउने गरी काम गरिरहेको दाबी गरेका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारण सभामा सम्बोधन गर्दै पुनले मन्त्रालयको जिम्मेवारी सम्हालेयता अर्थतन्त्र चलायमान बनाउन निरन्तररुपमा लागिपरेको बताएका हुन् ।

उनले भने, ‘म अर्थमन्त्री बनेयता ७० अर्ब रुपैयाँ निकासा भइसकेको छ ।’ उनका अनुसार सरकारको दायित्वमा रहेको र भुक्तानी नभइरहेको रकम निरन्तर निकासा भइरहेको हो । अर्थमन्त्रीले विशेष गरी निर्माण व्यवसायीको निकासा नरोक्ने नीतिसहित अघि बढिरहेको बताए ।

उनका अनुसार सार्वजनिक खरिद नियमावली संशोधन भएपछि सरकारमाथि भुक्तानीको दायित्व झनै बढेको छ । यस्तै दायित्वअनुसार निर्माण व्यवसायीको भुक्तानी प्रक्रिया नरोक्ने नीति सरकारले लिएको उनको भनाइ छ । तर निर्माण व्यवसायीले रकम निकासाको फाइल प्रक्रिया पुर्‍याएर ल्याउनुपर्नेमा जोड दिए ।

यस्तै विविध समस्याका कारणले सरकारले खर्च गर्न नसकेको स्थितिलाई उल्ट्याउने गरी अघि बढेको पुनको भनाइ छ । ‘एक महिनाअघि सरकारको पुँजीगत खर्च २३ प्रतिशत मात्रै थियो,’ पुनले भने, ‘अहिले ३० प्रतिशतभन्दा बढी खर्च भइसकेको छ ।’ यो आर्थिक वर्ष सकिनका लागि अझै ३ महिना बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।