पुँजीगत खर्च ३० प्रतिशत नाघ्यो : अर्थमन्त्री पुन

काठमाडौँ, २८ चैत । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र चलायमान बनाउने गरी काम गरिरहेको दाबी गरेका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारण सभामा सम्बोधन गर्दै पुनले मन्त्रालयको जिम्मेवारी सम्हालेयता अर्थतन्त्र चलायमान बनाउन निरन्तररुपमा लागिपरेको बताएका हुन् ।

उनले भने, ‘म अर्थमन्त्री बनेयता ७० अर्ब रुपैयाँ निकासा भइसकेको छ ।’ उनका अनुसार सरकारको दायित्वमा रहेको र भुक्तानी नभइरहेको रकम निरन्तर निकासा भइरहेको हो । अर्थमन्त्रीले विशेष गरी निर्माण व्यवसायीको निकासा नरोक्ने नीतिसहित अघि बढिरहेको बताए ।

उनका अनुसार सार्वजनिक खरिद नियमावली संशोधन भएपछि सरकारमाथि भुक्तानीको दायित्व झनै बढेको छ । यस्तै दायित्वअनुसार निर्माण व्यवसायीको भुक्तानी प्रक्रिया नरोक्ने नीति सरकारले लिएको उनको भनाइ छ । तर निर्माण व्यवसायीले रकम निकासाको फाइल प्रक्रिया पुर्‍याएर ल्याउनुपर्नेमा जोड दिए ।

यस्तै विविध समस्याका कारणले सरकारले खर्च गर्न नसकेको स्थितिलाई उल्ट्याउने गरी अघि बढेको पुनको भनाइ छ । ‘एक महिनाअघि सरकारको पुँजीगत खर्च २३ प्रतिशत मात्रै थियो,’ पुनले भने, ‘अहिले ३० प्रतिशतभन्दा बढी खर्च भइसकेको छ ।’ यो आर्थिक वर्ष सकिनका लागि अझै ३ महिना बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, २३ कार्तिक । आज २०८२ साल कार्तिक २३ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ । विश्वास गरेका पात्रले

काठमाडौँ, २२ कार्तिक । हुम्लाबाट एक सातामा ७५३ कार्टुन चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका

काठमाडौँ, २२ कार्तिक । अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेको भन्दै प्रहरीले सावधान रहन आग्रह गरेको छ । काठमाडौँ प्रहरी परिसर