काठमाडौँ, २८ चैत । दाङमा नाइट बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरबाट–काठमाडौँ जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रि बसले लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका – १७ का २३ बर्षीय सौगात वलीको मृत्यु भएको हो ।
घोराही उपमहानगरपालिका – १७ सिस्नेखोलाको ओरालोमा राति पौने ९ बजे मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते वलीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मोटरसाइकलको पछाडि सवार तुलसीपुर उपमहानगरपालिका– ११ बेलगनारका ३५ बर्षीय शरद लामिछाने घाइते छन् । उनको घोराहीमा उपचार जारी छ । बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।