धनगढी, २७ चैत । कैलालीमा दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका-१० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएका छन् ।२७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् ।
दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको प्रहरीले जनाएको छ । प्रारभ्मिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषध खाइरहेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।