आयरल्यान्ड ‘ए ’ ले नेपाल ‘ए’ लाई ११४ रनले हरायो

काठमाडौँ, २३ चैत । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोली पराजित भएको छ । आयरल्यान्डले नेपाललाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ । 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ७४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमै अलआउट हुनुअघि ६० रनमात्र बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण