८ जना जुवाडे पक्राउ

काठमाडौँ, ७ चैत । काठमाडौँबाट ८ जना जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले महानगरपालिका वडा नम्बर–३ स्थित बसुन्धाराबाट ८ जना जुवाडेहरूलाई पक्राउ गरेको हो । जुवा खालबाट १ लाख ८८ हजार ५ सय बरामद गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ्ग घरका ४९ वर्षीय कृष्ण प्रसाद श्रेष्ठ, काठमाडौँ घर भएका ४८ वर्षीय कोमल बहादुर प्याकुरेल, उदयपुर घर भएका ३० वर्षीय अर्जुन राई, सप्तरी घर भएका ३२ वर्षीय मनोज कुमार चौधरी, सुनसरी घर भएका ४० वर्षीय ईश्वर राई, रामेछापको मन्थली घर भएका २७ वर्षीय विष्णु मगर र ३० वर्षीय कैलाश मगर र सप्तरी घर भएका ३२ वर्षीय सन्दीप कुमार चौधरी छन् ।

महेश मगरले भाडामा लिएर बनाएको जस्ताको टहरोमा सञ्चालित जुवा खालबाट प्रहरीले ४ बुक तास बरामद गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने