विभिन्न मुलुकमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न मुलुकमा गएर नेपालीले उल्लेखनीय प्रगति पनि गरिरहेका बताएका छन् ।

आज काठमाडौँमा आयोजित ‘प्रा सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण समारोहमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

उनले भने, “विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपाली जाने गरेका छन् । त्यहाँ गएकामध्ये कैयौँ नेपालीले उल्लेखनीय प्रगति पनि गरेका छन् । त्यसको उदाहरण डा सूर्य सुवेदी हुनुहुन्छ ।” “प्राडा सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिएँ । उहाँले त्यसमा सहयोग गर्नुभयो । पछिल्लो एमसिसी सम्झौतामा पनि उहाँले मध्यमार्गी विकल्प दिनुभयो र हामीले नै लागू पनि गर्यौँ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत

काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर