अब गोरखा २ बाट बाबुरामले उम्मेदवारी दिने

काठमाडौँ, २७ फागुन । आगामी २०८४ को प्रतिनिधिसभा निर्वाचनमा पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने भएका छन् ।

भट्टराईको निर्वाचन क्षेत्र साबिक २ बाट भट्टराईले २०६४ बाट निर्वाचन जित्दै आएका थिए । तर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई छोडेका थिए । पार्टीभित्र कुनै सल्लाह नगरी प्रचण्डलाई निर्वाचन क्षेत्र छोडेकोमा भट्टराई निकट नेताहरू असन्तुष्ट थिए । गोरखा २ मा मतदाताहरूको सल्लाह बमोजिम फेरि भट्टराईले उम्मेदवारी दिन स्वीकार गरेको उनका राजनीतिक सहयोगी तथा नेसपा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘नेसपा अध्यक्ष बाबुराम भट्टराई केही अघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरुसँग वृहत् छलफल भएको थियो । सो क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नुभएको छ । अब उहाँ २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनुहुनेछ’, ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत

काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर