नागरिक कुशासनबाट सबैभन्दा आजित छन् : महामन्त्री थापा

काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक कुशासनले सबैभन्दा आजित भएको बताएका छन् ।

कांग्रेसको मुखपत्र नेपाल पुकारको नयाँ अंक सार्वजनिक कार्यक्रममा बोल्दै उनले कुशासन नियत वा अयोग्यतासँग जोडिएको चर्चा गरे ।  महामन्त्री थापाले एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड चर्चामा आउने गरेको बताए । थापाले सुशासन कांग्रेसको वाचा मात्रै नभई त्यसैको लागि जन्मिएको पार्टी भएको दाबी गरे । कांग्रेस सरकारमा रहेको, ठूलो दल भएको, कांग्रेसकै अनुसार देश अघि बढिरहेको बेलामा किन कुशासनका घटना भइरहेका छन्? भनि थापाले आफ्नै दललाई प्रश्न गरे ।

‘नागरिक सबैभन्दा ठूलो आजित केही कुरालाई भएको छ भने कुशासनले भएको छ । एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ,’ थापाले भने,‘केही समय अगाडीसम्म सुनकाण्ड थियो । शरणार्थी काण्ड थियो । अब एनसेल काण्ड आयो । ५/७, १०/१२ दिन सम्म सबैतिर यही काण्ड घुम्छ । यो सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका