नागरिक कुशासनबाट सबैभन्दा आजित छन् : महामन्त्री थापा

काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक कुशासनले सबैभन्दा आजित भएको बताएका छन् ।

कांग्रेसको मुखपत्र नेपाल पुकारको नयाँ अंक सार्वजनिक कार्यक्रममा बोल्दै उनले कुशासन नियत वा अयोग्यतासँग जोडिएको चर्चा गरे ।  महामन्त्री थापाले एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड चर्चामा आउने गरेको बताए । थापाले सुशासन कांग्रेसको वाचा मात्रै नभई त्यसैको लागि जन्मिएको पार्टी भएको दाबी गरे । कांग्रेस सरकारमा रहेको, ठूलो दल भएको, कांग्रेसकै अनुसार देश अघि बढिरहेको बेलामा किन कुशासनका घटना भइरहेका छन्? भनि थापाले आफ्नै दललाई प्रश्न गरे ।

‘नागरिक सबैभन्दा ठूलो आजित केही कुरालाई भएको छ भने कुशासनले भएको छ । एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ,’ थापाले भने,‘केही समय अगाडीसम्म सुनकाण्ड थियो । शरणार्थी काण्ड थियो । अब एनसेल काण्ड आयो । ५/७, १०/१२ दिन सम्म सबैतिर यही काण्ड घुम्छ । यो सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी

एजेन्सी, २८ जेठ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ

एजेन्सी, २७ जेठ । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय

एजेन्सी, २७ जेठ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले