ग्लोबल आइएमई बैंकको चार नयाँ शाखा सञ्चालन

काठमाडौँ, २४ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–५, चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहूँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरुबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका