मानव अधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले अनुमोदन गरेका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको बताएका छन्।

७५औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आइतबार शुभकामना दिँदै उनले जातीय, क्षेत्रीय, लैङ्गिक तथा परम्परागत विभेद्का कारणलाई सम्बोधन गर्न संविधानमा मौलिक हकको व्यवस्था भए बमोजिम कानुन बनाइ मानवअधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयत्नशील रहेको बताए। प्रधानमन्त्री दाहालले प्रत्येक व्यक्तिको जीवन, मर्यादा, समानता, स्वतन्त्रताका साथै मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन गरी मानवअधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए।

सरकारले नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको दायित्व पूरा गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले केही बडापत्रमा आधारित र सन्धिजनित समितिमा पेस हुन बाँकी आवधिक प्रतिवेदन साथै विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन समयमा नै पेस हुनेमा सरकार दृढ रहेको बताए।

प्रधानमन्त्री दाहालले मानव अधिकार संरक्षणका लागि अहोरात्र खटिने सरकारी तथा गैरसरकारी संयन्त्र, मानवअधिकारको खबरदारी गर्ने मानवअधिकार रक्षक, नागरिक समाज, पत्रकार, कूटनीतिक नियोगलगायत सबैमा शुभकामना व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९४८ को डिसेम्बर १० अर्थात् आजकै दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनलाई विश्व समुदायले मानव अधिकारको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउँदै आइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१६, फारमस्थित पूर्व–पश्चिम राजमार्गमा जेसीबी र कार ठोक्किँदा एकै ५ जना

काठमाडौँ, ५ बैशाख । गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चारपटक हवाई उडान सञ्चालन गरिने भएको छ । नेपाल वायुसेवा निगमले

काठमाडौँ, ५ बैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार

काठमाडौँ, ५ बैशाख । कञ्चनपुरमा ९ ग्राम भन्दा बढी लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार बेलडाँडी