गोरखापत्रकर्मी तामाङलाई ‘दीपेन्द्र तामाङ स्मृति’ पत्रकारिता पुरस्कार

काठमाडौँ, २२ मंसिर । तामाङ पत्रकार सङ्घको २० औं स्थापना दिवसको अवसरमा गोरखापत्रकर्मी शिवा तामाङलाई पत्रकार दीपेन्द्र तामाङ स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

तामाङ पत्रकार सङ्घद्वारा विहिवार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार/चलचित्र निर्देशक दीपेन्द्र दोङ तामाङको स्मृतिमा स्थापना गरिएको “दीपेन्द्र तामाङ स्मृति पत्रकारिता” पुरस्कार प्रदान गरिएको छ । नेपाल तामाङ घेदुङका महासचिव जगत दोङले पत्रकार तामाङलाई दशहजार रूपियाँ नगद र सम्मानपत्रसहित सो पुरस्कार प्रदान गर्नुभएको हो । महासचिव तामाङले पत्रकारितामा संलग्न तामाङ समुदाय पत्रकार सङ्गठित हुन स्थापना गरिएको तामाङ पत्रकार सङ्घका संस्थापकमध्येका एक साहित्य, चलचित्र, लेखन तथा रचनात्मक कर्ममा रमाउने व्यक्तित्व दीपेन्द्र दोङ तामाङलाई सम्झने माध्यम उक्त पुरस्कार पहिलो पटक गोरखापत्रका समाचारदाता तामाङलाई प्रदान गरिएको बताउनुभयो ।

उहाँले तामाङ समुदायको मुल छाता सङ्गठन नेपाल तामाङ घेदुङको भवनका लागि देश–विदेशमा रहने तामाङ तथा अन्य समुदायको साथै स्थानीय तहका नेतृत्व गरिरहनुभएका जिम्मेवार निकायका पदाधिकारी समक्ष सहयोगका जाने विचार व्यक्त गर्नुभयो । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले कला, संस्कृति, साहित्य, धार्मिक र पत्रकारिताको माध्यमबाट समुदाय र राष्ट्रका लागि योगदान दिनुभएका दोङ तामाङप्रति हार्दिक श्रद्रान्जली अर्पण गर्दै स्मृति पुरस्कारमार्फत सधैं सम्झीरहने बताउनुभयो ।

गोकणेश्वर नगपालिकाका उपप्रमुख सान्नानी लामाले तामाङ पत्रकार सङ्घ, नेपाल तामाङ, तामाङ पत्रकार सङ्घलगायतले संस्थाले समुदायलाई एकतावद्ध बनाउन सहयोग पुगेको विचार व्यक्त गर्दै एकताको सामुहिक बलमा समुदाय र राष्ट्रकै हितमा जुटौं भन्ने आग्रह गर्नुभयो । तामाङ पत्रकार सङ्घका अध्यक्ष सुवास योञ्जन तामाङले सङ्घले यस अघि देशभरका छापा, रेडियो, टेलिभिजन र एफएममा कार्यरत तामाङ पत्रकारलाई समेट्ने जमर्कोसहित तामाङ मिडिया अवार्डलगायतका सम्मान प्रदान गर्दै आएकोमा करिब ६ महिना अगाडिदेखि स्व. दीपेन्द्र दोङ तामाङको नाममा पुरस्कार स्थापना गरेको बताउनुभयो ।

उहाँले साहित्य, कला, पत्रकारितामा सक्रिय तामाङको ब्रेन ह्याम्व्रेजबाट असामयिक निधन भएपछि उहाँकी धर्मपत्नी कलाकार चादनी मोक्तानलगायत परिवारको चाहनाले दीपेन्द्र तामाङ स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्न एक लाख रूपियाँ अक्षयकोषका लागि समुहलाई प्रदान गरिएको बताउनुभयो । सोही अक्षयकोषबाट आउने व्याजले हरेक वर्ष सङ्घको स्थापना दिवस पारेर एकजना पत्रकारलाई पुरस्कृत गर्ने उद्देश्य अन्तरगत गोरखापत्रकर्मी तामाङ पुरस्कृत हुनुभएको बताउनुभयो ।

तामाङ पत्रकार सङ्घका उपाध्यक्ष बुद्ध योन्जनले सङ्घको २० औं स्थापना दिवस, साहित्य, कला र पत्रकारिताको माध्यमबाट योगदान पु¥याउनुभएका दीपेन्द्र दोङ तामाङलाई सम्झदै परोपकारको माध्यम रक्तदानको कार्यक्रम गर्दै मनाइएको बताउनुभयो । सो अवसरमा २१ जनाले रक्तदान गर्नुभयो । सङ्घका सल्लाहकार एवं पुरस्कार छनौट समितिका सदस्य लक्ष्मी रूम्बाले पत्रकार शिवा तामाङ वि.स. २०६४ सालदेखि गोरखापत्र दैनिकमा सम्वादाताको रूपमा निरन्तर पत्रकारिता गरिरहनुभएको छ, उहाँको पत्रकारितामा निरन्तर सक्रियता र तामाङ समुदायको कला, संस्कृतिलगायत हरेक क्षेत्रका समाचारलाई प्राथमिकता दिएर पु¥याउनुभएको योगदानको कदर गर्दै दीपेन्द्र तामाङ स्मृति सम्मान प्रदान गरिएको बताउनुभयो । उहाँले तामाङ पत्रकार सङ्घले करिब २३ जिल्लामा सङ्गठन विस्तार गरेको बताउनुभयो ।

स्व. दोङ तामाङको ब्रेन ह्याम्रेजका कारण गत चैत्र ११ गते मेडसिटी अस्पतालमा निधन भएको थियो । लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका तामाङ इमेज एफएमको संवाददाता, सिटिजन एफएमको समाचार प्रमुख, जनता प्रशारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित रेडियो जनता एफएमको स्टेशन म्यानेजर र जनता खबर डटकमका सम्पादक रहेका थिए । पछिल्लो समय उनी मध्यान्नह दैनिकमा कार्यकारी सम्पादनको रुपमा रहेका थिए । उनी तामाङ भाषाका चलचित्रका लेखक तथा निर्देशक समेत रहेका थिए ।

दीपेन्द्र दोङ तामाङकी धर्मपत्नी कलाकार चादनी मोक्तानले कला, भाषा, साहित्य, चलचित्र र पत्रकारिताको कामलाई धेरै महत्व दिने घरमा भन्दा सामाजिक काममा बढि खटिने उहाँको बानी थियो भन्दै सम्झनुभयो । मोक्तानले आफ्ना श्रीमानलाई बचाउने हर सम्भव प्रयास सफल नभएपनि उहाँलाई सम्झीरहने माध्यम बनाउन पुरस्कारको स्थापना गरिएको र हरेक वर्ष एक जना तामाङ पत्रकारलाई प्रदान गर्ने कामले निरन्तरता पाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म

काठमाडौँ, ९ कार्तिक । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ । काठमाडौँबाट मात्रै ९९ जना,