बालसंरक्षण मापदण्ड बनाउनेबारे छलफल

काठमाडौँ, १३ मंसिर । बालबालिका सम्वन्धी ऐन २०७५ दफा ५७ अनुसार बालसंरक्षण मापदण्ड बनाउनेबारे सरोकारवाला सङ्घ संस्थाले छलफल थालेको छ ।

राष्ट्रिय बालअधिकार परिषद्, बालबालिका शान्ति क्षेत्र अभियान (सिजप) लगायतको सहकार्यमा मङ्गलवार राजधानीमा बालसंरक्षण मापदण्डमा आवश्यक बुँदाहरू थपघट गर्न सरोकारवालासँग अन्तरक्रिया गरेको हो । राष्ट्रिय बालअधिकार परिषद्का कार्यक्रम व्यवस्थापक नमुना भुसालले बालपरिषद्ले तयार पारेको बालसंरक्षण मापदण्डबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँले बालबालिका सम्वन्धी ऐनको दफा ५७ अनुसार बालसंरक्षण मापदण्डले विद्यालय, सार्वजनिक यातायात,स्थान, कार्यालय आश्रयस्थल, पुनस्थार्पना गृहलगायत सबै स्थान बालमैत्री बनाउन र बालबालिकामाथि हिंसा भइहालेमा शुन्य सहनसिलताको अवधारणा कार्यान्वयनको वातावरण सिर्जना गर्ने बताउनुभयो । बालबालिका शान्ति क्षेत्र अभियानका पूर्व अध्यक्ष राजेश शर्माले बालबालिका सम्वन्धी काम गर्ने विभिन्न संस्थाले तयार पारेको बाल संरक्षण मापदण्डबारे चर्चा गर्नुभयो ।

उहाँले बालबालिकासँग सरोकार राख्ने संस्थासँग आवद्ध अभियन्ता, अधिकारकर्मी र बाल संरक्षणकर्मीहरूसँग छलफल गरी तयार गरिएको मापदण्डमा स्कुल, सेवा प्रदायक संस्थाहरू,सङ्घ संस्थाले आफ्नो कार्यालय परिसरमा बालबालिका सम्वन्धी हिंसा नहुने ग्यारेन्टीका लागि अपनाउनुपर्ने सावधानीबारे नमुना मापदण्ड बनाइएको बताउनुभयो । बालअधिकारकर्मी शर्माले सो नमुना बाल संरक्षण मापदण्ड बालअधिकार परिषदमा राखेर सरोकारवालालाई उपलब्ध गराउन आग्रह गर्नुभयो ।

सो अवसरमा प्लान इन्टरनेशनल,बालअधिकार परिषद्,बैकल्पीक स्याहार प्रदायक, स्वास्थ्य क्षेत्र, किशोरी, युवा स्वयमसेवक, कानुन कार्यान्वयनसँग सरोकार राख्ने प्रहरी प्रशासन, न्याय सेवालगायत बालबालिकासँग काम गरिरहेका सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधीहरूले बालसंरक्षण मापदण्डबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्