स्वास्थ्यकर्मी माथि दुर्व्यवहार भएको भन्दै आकस्मिक बाहेकका सबै सेवा ठप्प

सोलुखुम्बु, १६ असोज । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि अस्पतालमै दुर्व्यवहार भएको छ ।

अस्पतालमा उपचारका लागि आएका एक बिरामीले उपचारकै क्रममा सोमवार ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपातको प्रयास गरेका जनाइएको छ ।

अस्पताल प्रमुख डा प्रशान्त शाहका अनुसार सोमवार दिउँसो उपचारका लागि आएकाे भन्दै जाँडरक्सी खाएर गरेर अस्पताल प्रवेश गरेका एक व्यक्तिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपात गर्दै अस्पतालमा समेत तोडफोडको प्रयास गरेका थिए ।

जाँडरक्सी खाएर गरेर गाडी चलाएका कारण दुर्घटनामा परि  उपचारका लागि आएका ती व्यक्तिले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु माथि अपशब्द प्रयोग गर्दै जाइ लागेका अस्पतालले जनाएको छ । घटनाको जिल्ला अस्पतालले भर्त्सना गरेको छ ।

सोमवार राति एक विज्ञप्ति जारी गर्दै आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्दको घोषणा गरेको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऎन २०६६ पहिलो संसोधन ऎन २०७९ बमोजिम दोषीलाई कारबाहीको माग गर्दै दोषी कानुनी दायरामा नआएसम्म अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । बैतडीको सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा बालबालिका प्रभावित भएका छन् ।  

काठमाडौँ, ३ असार । बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित अरनिको राजमार्ग भएको छ । सडक विभागले आज  बिहान ८

पाल्पा, ३ असार । पाल्पाको पूर्वखोला गाउँपालिका–५, वीरकोट सेफतमा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका थप एकजनाको सनाखत भएको

काठमाडौँ, ३ असार ।औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न गठित समितिले श्रमिकको पारिश्रमिक पुनरवलोकन गर्ने गरी तयारी थालेको