अपराधी जोगाउन उद्दत राजनीतिक दल, न्यायको खुलेआम उपहास

काठमाडौँ, ६ असोज । नेपालको संविधानको धारा २७६ मा पनि राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकायले गरेको सजायलाई कानून बमोजिम माफि, मुल्तवी वा सजाय कम गर्न सक्ने व्यवस्था छ । संविधानको यहि व्यवस्थाको फाइदा पछिल्लो समय राजनीतिक पहुँच र शक्ति हुनेहरुले उठाइरहेका छन् । गणतन्त्र दिवस, प्रजातन्त्र दिवस, संविधान दिवस लगायतका राष्ट्रिय दिवसहरुमा कैदमिनाहा र आममाफि नेपालको मात्रै नभई अन्तराष्ट्रिय अभ्यास नै हो ।

२०७२ साल असार २८ गते नेपालगञ्जमा खुँडा प्रहार गरि चेतन मानन्धरको हत्या गरेको अभियोगमा जेल जिवन विताइरहेका योगराज ढकाल (रिगल) बुधबार थुनामुक्त भए । रिगल आफ्नो सम्पूर्ण कदै भुक्तान गरेर थुनामुक्त भएका भने होइनन् । कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय पाएका उनलाई सरकारले संविधान दिवसको अवसरमा ६० प्रतिशत सजाय मिनाहाको उपहार थमायो ।

११ वर्ष जेल सजाय छुट पाएका रिगलको रिहाईमा बुधबार नेपाली कांग्रेस निकट तरुण दलले कारागार अगाडी अविर जात्रा र ¥याली नै निकाल्यो । उनि तरुण दल बाँके क्षेत्र नम्बर–३ का तत्कालिन क्षेत्रिय सभापति समेत हुन । संविधान दिवसकै अवसरमा बुधबार नै कैलाली जिल्ला कारागारबाट टिकापुर घटनामा दोषि ठहर ३ जना कैदिबन्दी जेलमुक्त भए । रिहा हुनेहरुमा वीरबहादुर चौधरी, हरिनारायण चौधरी र प्रदीप चौधरी रहेका छन् । उनिहरुलाई स्वागत गर्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, नाउपाका संरक्षक रेशमलाल चौधरी लगायत नेताहरु अविरमाला सहित कारागार प्रशासन पुगेका थिए ।

२०७२ साल भदौ ७ गते एक नाबालकसहित ८ सुरक्षाकर्मिको ज्यान जानेगरि भएको हिंसात्मक घटनामा अदालतबाट दोषी ठहर भएका तिनै जनालाई संविधान दिवसमा आममाफि प्रदान गरिएको थियो । टिकपुर घटनामा तिनै तहका अदालतबाट दोषी ठहर भएका नाउपाका संरक्षक रेशम चौधरीको आममाफिको विषयले अझैपनि राजनीतिक बृत तरङ्गित छ । यि त केहि प्रतिनिधि घटना मात्रै हुन । हत्या, हिंसा, बालात्कार जस्ता जघन्य अपराधमा संलग्न यस्ता थुप्रै व्यक्तिहरु छन् ।

जो राजनीतिक पहुँच र शक्तिको आडमा अदालतको फैसलालाई समेत मात दिँदै उन्मुक्ति पाईरहेका छन् ।जघन्य प्रकृतिका अपराध हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार जस्ता विषयमा सजाय छुट वा माफिको व्यवस्था ऐनमा नगरिएको कानूनका जानकारहरु बताउँछन् । यसरी संवैधानिक परिकल्पना र ऐनको व्यवस्था अनुसार अपराधलाई राजनीतिकरण गर्ने र उन्मुक्ति पाउने परिपाटीले कतै नागरिकमा न्याय प्रतिको विश्वास घट्दै जाने त होइन ? चिन्ता व्यक्त हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

प्युठान, १३ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनको बजारीकरणबाट मात्रै ग्रामीण अर्थतन्त्र सुदृढ बन्नसक्ने बताएका छन् ।

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशी विदेशी शक्तिहरूको घेराबन्दी भएका बेला मैदान छोडेर भाग्नेहरूप्रति

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई