महिला फुटबलमा भियतनामसँग हार्‍यो नेपाल

काठमाडौँ, ५ असोज । १९ औँ एसियाली खेलकुद प्रतियोगितामा शुक्रबार भएको महिला फुटबलको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ ।

समूह ‘डी’ अन्तर्गतको खेलमा भियतनामले नेपाललाई २-० गोलले पराजित गरेको हो । पहिलो हाफमा गतिलो प्रदर्शन गरेको नेपाली टोलीले दोस्रो हाफमा भने लय गुमाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

नेपाली टोलीले दुबै गोल दोस्रो हाफमा १२ मिनेटको बीचमा खाएको थियो । भियतनामका लागि पहिलो गोल निर्धारित समयको ५३ औँ मिनेटमा फाम हि एनले गरेकी थिइन् । त्यसपछि निर्धारित समयको ६४ औँ मिनेटमा थुई बिच थी एनग्वेनले भियतनामका लागि दोस्रो गोल थपेकी थिइन् ।  नेपालको समूहमा बंगलादेश र जापान पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल सेप्टेम्बर २५ तारिखमा जापानसँग खेल्नेछ । समूहगत चरणको अन्तिम खेल नेपालले सेप्टेम्बर २८ तारिखमा बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार

काठमाडौँ, १५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका