३ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सडक डिभिजन कार्यालय जुम्लाको सिफारिसमा शंकरमाली निर्माण सेवा काठमाडौं, मान शाही निर्माण सेवा कालिकोट र कश्यप निर्माण सेवा एण्ड सप्लायर्स कालोसूचीमा परेका हुन् । यही असोज १४ गतेको निर्णयबाट ती कम्पनीहरुलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमनको कार्यालय केशरमहलले आज जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा लेखिएअनुसार कालोसूचीमा परेकाहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् । जिम्मा लिएको काम सन्तोषजनक नहुँदा र पटकपटकको म्याद थप तथा ताकेताबाट पनि काममा प्रगति नहुँदा कालोसूचीमा राख्ने गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका

काठमाडौँ, १५ असोज । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको नेतृत्व सरकारले नभई निजी क्षेत्रले गर्नुपर्ने बताए । मुलुकको आर्थिक

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना