समस्याग्रस्त २५ सहकारी संस्थालाई सवारीसाधन बुझाउन निर्देशन

काठमाडौँ, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारीसाधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ ।

समितिले समस्याग्रस्त घोषणा भएका सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारीसाधन (ढुवानी प्रयोजनमा रहेका सवारीसाधनसमेत) जुन अवस्थामा छन्, त्यही अवस्थामा तत्काल समितिको कार्यालयमा ल्याई बुझाउन भनेको छ ।

सूचनामा तोकिएको समयमा सवारीसाधन नबुझाए सहकारी ऐन, २०७४ को दफा १०६ बमोजिम अधिकार प्रयोग गरी सवारीसाधन प्रयोगकर्ता वा सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा रहेको घरजग्गा, बैंक खाता तथा लकर, राहदानीलगायतका सम्पत्ति रोक्का राखी प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनी दिइएको छ ।

समितिको सूचना

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० असोज । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ

एजेन्सी, १९ असोज । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य वृद्धि भएको

एजेन्सी, १९ असोज । अमेरिकाले बेलायतस्थित सैन्य आधार शिविर फेयरफोर्डबाट आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ । अमेरिकाको यो

एजेन्सी, १९ असोज । पाकिस्तानको प्रमुख विपक्षी दल पाकिस्तान तहरिक–ए–इन्साफले (पीटीआईले) पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइका लागि लङ