आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता रोकियो

काठमाडौँ, ५ असोज । आन्तरिक छलफलका लागि भन्दै सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता रोकिएको छ ।

शुक्रबार बिहान ९ बजे आन्दोलनरत शिक्षकसँग सरकारले छलफल गर्ने भनिएको थियो । तर, आन्तरिक छलफलमा दुवै टोली जुट्ने भन्दै वार्ताको समय सारिएको हो ।

बिहान ९ बजे नै आन्दोलनरत शिक्षकका प्रतिनिधि छलफलका लागि सिंहदरबार पुगेका थिए । तर, बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका थिए । छलफलपछि कानुनमन्त्री गुरुङले आज नै वार्ता निष्कर्षमा पुग्ने बताएका थिए ।

तर, दुवै तर्फबाट आन्तरिक छलफल गर्ने भनिएसँगै वार्ताको समय सारिएको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । उनले वार्ताका लागि दुवै पक्ष आन्तरिक तयारीमा जुटेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ

काठमाडौँ, ११ भदौ । भोटेकोशीको विनाशकारी बाढीका कारण क्षतविक्षत बनेको अपर त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि

पूर्वीतराईमा साम्प्रदायिक तनाव हुँदा आवश्यक सक्रियता नदेखाएको आरोप खेपेका प्रधानमन्त्री बालेन्द्र शाह रसुवामा बाढी आएपछि भने बिहानैदेखि वस्तुस्थिति बुझ्ने, उद्धार

काठमाडौँ, ११ भदौ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालमा आएको विनाशकारी बाढी र डुबानको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता