जसपाको नेवा: राष्ट्रिय समिति पुनर्गठन

काठमाडौँ, ४ असोज । जनता समाजवादी पार्टी नेपालको नेवा: राष्ट्रिय समिति पुनर्गठन भएको छ ।

श्यामकृष्ण प्रजापतिको अध्यक्षतामा २७ सदस्यीय समिति पुनर्गठन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । जसपाले सुरु गरेको तीन महिने अभियान अन्तर्गत आयोजित कार्यक्रमबाट यो समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा ओमकृष्ण श्रेष्ठ, शर्मिला सुवाल र शंकर लिम्बु रहेका छन् भने मुख्य सचिवमा गणेश आचार्य चयन भएका छन् ।

समितिको सचिवमा कमल लामा, सुरेन्द्र महर्जन र सुनिता दुलाल तथा कोषाध्यक्षमा सुनिता कुमारी योञ्जनलाई मनोनयन गरिएको छ । जसपाको नेवा: राष्ट्रिय समिति पहिचानका प्रादेशिक संरचना (१०+१ ) मध्येको समिति हो । जसपाको विधानमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई नेवा: राष्ट्रिय समिति भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

प्युठान, १३ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनको बजारीकरणबाट मात्रै ग्रामीण अर्थतन्त्र सुदृढ बन्नसक्ने बताएका छन् ।

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशी विदेशी शक्तिहरूको घेराबन्दी भएका बेला मैदान छोडेर भाग्नेहरूप्रति

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई