पोखरीमा डुबेर एक बालकको मृत्यु

सप्तरी, ३ असोज । सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सुनसरीको कोशी गाउँपालिका  वडा नम्बर ५ दूधगतका बिन्देश्‍वर यादवको ८ वर्षीय छोरा आशीष कुमार यादवको डुबेर मृत्यु भएको हो ।

सप्तरीको राजबिराज नगरपालिका वडा नम्बर ९ मलेठमा आफन्तको घरमा आएका बालक घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका थिए ।

उपचारका लागि बालकलाई राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा लगेकोमा डाक्टरले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ