भ्रष्टाचार र कमिसनखोरले देश बर्बाद हुँदै गयो : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ, १ असोज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा विकासको अथाह सम्भावना भए पनि भ्रष्टाचार र कमिसनखोरले देश बर्बाद  हुँदै गएको बताएका छन् ।

गोरखा–काठमाडौँ युवा समाजद्वारा आयोजित युवाहरू भेटघाट तथा साक्षात्कार कार्यक्रममा उनले देश युवाहरूको भएको बताए । देशको एकता र विकासको लागि युवाहरूको निर्णायक भूमिका रहेको बताएका छन् । सुशासन र भ्रष्टाचार विरोधी अभियान सरकारले  चालिरहेको गृहमन्त्री श्रेष्ठले बताए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले माओवादी पार्टी भए पनि गलत गर्नेले नछोड्ने बताए । साथै उनले नेताहरूलाई खबरदारी गर्न युवाहरूलाई आह्वान गरे । गृहमन्त्री श्रेष्ठले गोरखाको विकासका लागि साझेदारी गर्न आग्रह गरे ।

उनले भने, ‘नेपाल आजसम्म  स्वतन्त्र  देश हो । यसमा हाम्रो पुर्खाहरूको महत्त्वपूर्ण भूमिका छ । मिटर ब्याज सम्बन्धी  कानुन ल्याएर मिटरब्याजी पीडितलाई न्याय दिन थालिएको छ । पुलिस प्रशासनमा सरुवा बढुवामा  लेनदेन हुने कुरालाई सुन्यामा झारेका छौँ ।  भुटानी शरणार्थी,  ललिता निवास, सुन तस्करी प्रकरण  सबैलाई कारबाही  अगाडि बढेको छ । गोरखालाई दुःख पिर पर्दा मेरो सहयोग रहन्छ  । गोरखाको विकासका लागि साझेदारी गरौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोप चराको गणना

काठमाडौँ, १० असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

लन्डन, १० असार । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव

काठमाडौँ, १० असार । २०८३ साल असार १० गते बुधबार सन् २०२६ जुन २४ तारिख । जेठ शुक्ल पक्षको दशमी