गाडीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुर, २२ भदौ । भक्तपुरमा टेलर गाडीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज साझँ ७:३९ बजे भक्तपुर सूर्यविनायक नगरपालिका ८ आदर्श भक्तपुर फ्युल सेन्टर अगाडी सूर्यविनायक तर्फ जाँदै गरेको बाग्मती प्रदेश -०२-०२३ प २८५९ नं को मोटरसाइकल र विपरित दिशा तर्फ आउँदै गरेको प्रदेश नं ३ -०२-००२प ६९३ नं को मोटरसाइकल एक आपसमा ठोक्किँदा ६९३ नं को मोटरसाइकल अनियन्त्रित भई जगाती तर्फ आउँदै गरेको प्रदेश ०३-००१ ख २४११ नं को टेलर गाडीमा समेत ठक्कर खाई सवारी दुर्घटना हुँदा ६९३ नं को मोटरसाइकल पछाडी सवारी एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काभ्रे जिल्ला बनेपा नगरपालिका २ घीमीरेगाउँ बस्ने वर्ष २५ की नविना काफ्ले घीमीरे रहेको प्रहरीले जनाएको छ  । उनको घटनास्थलमै मृत्यु भएको हो । दुवै मोटरसाइकलका चालकहरु घाइते भएका छन् । घाइते भएका उनीहरुलाई उपचारको लागि मध्यपुर अस्पताल थिमी लगिएको छ भने तीन वटा सवारी साधन वृत जगातीले नियन्त्रणमा लिएको छ । त्यस्तै टेलर गाडी चालक पर्सा जिल्ला विरगन्ज महानगरपालिका २ बस्ने वर्ष २५ का हासिव हुसेन अन्सारीलाई वृत जगातीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ